Public Pana
१२ कक्षाको नतिजा आयो,  हेर्नुहोस रिजल्ट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ । 

बोर्डको आज अपरान्ह बसेको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो।

यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। 

कूल ४३ जनाको परीक्षा रद्द भएको थियो। 

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

नतिजमा क्लिक गरेर हेर्न सकिन्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update