Public Pana
बजारमा पैसा बढी भएपछि  तान्दै राष्ट्र वैक, सवा ७५ अर्ब रुपैयाँ तानियो

बजारमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो । 

उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ आज बिहीबार तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । यो रकम पनि तानेपछि पछिल्ला चार दिन (यही पुस १६, १७, १८ र १९ गते) गरेर सवा ७५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ ।

 

हालको नीतिगत व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्नु पर्छ । अहिले अन्तरबैंक दर २.८० प्रतिशत हाराहारीमा छ । बुधबारको बोलकबोल अनुसार निक्षेप संकलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही दिन बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update