Public Pana
गृहमन्त्रीसँग प्रहरी र अध्यागमनका कर्मचारीको बैठक 

भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले यसबारे छलफल गर्ने भएको छ । 

घटनाप्रति ध्यानाकर्षण भएको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै पक्षलाई छलफलका लागि मन्त्रालयमा डाकेका छन् ।

कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन् ।

छलफलका लागि अध्यागमन कार्यालयका अधिकारी र प्रहरी अधिकारी मन्त्रालय पुगेका छन् । छलफलको तयारी भइरहेको अध्यागमन विभागका सूचना अधिकारी प्रेम प्रसाद दहालले जानकारी दिए ।

विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय, अध्यागमन विभाग लगायतमा ज्ञापन पत्र बुझाएका छन् भने बुधवार केही समय विमानस्थलमा काम रोकेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update