Public Pana
एमाले सचिवालयको बैठक बस्दै भोली

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न लागेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन् । 

बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा भोली शुक्रबार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । 

सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्न लागेको हो ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update