Public Pana
बर्दिएको एक घरमा १७ वर्षीया किशोरीको शव फेला  

बर्दियाको बारबर्दिया नगरपालिका– ४ मा एक किशोरीको शव फेला परेको छ। 

बर्दियाको मधुवन नगरपालिका– ८ स्थायी ठेगाना भएकी १७ वर्षीया रमा थारुको शव हिजो बुधबार बारबर्दिया ४ पदनाहास्थित एकजना आफन्तको घरभित्र फेला परेको प्रहरीले जनाएको छ। 

स्थानीय आयूष थारुको घरमा बस्दै आएकी रमा बुधबार बिहान घरभित्रै मृत्य भेटिएकी जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

आयूष थारु र रमाका अभिभावकबीचको नाता सम्बन्ध भने प्रहरीले खुलाएको छैन। 

‘घरको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा किशोरीको शव भेटिएको छ,’ अर्यालले भने, ‘इलाका प्रहरी कार्यालय बनियाभारले घटनाको अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि अस्पताल पठाएका छौँ। पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी कुरा खुल्ला।’
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update