Public Pana
नेपाल आइपुगे भारतका विदेशमन्त्री जयशंकर 

भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन्।

आज बिहीबार विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेकी छन्। 

विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। उनी भारतीय वायु सेनाको विश्ष विमानबाट काठमाडौं उत्रेका हुन्। 

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन्।

जयशंकरले आजैदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ।

त्यसपछि मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने छन्।

आज दिउँसो होटल याक एन्ड यतीमा हुने ‘संयुक्त आयोगको बैठक’ मा उनी सहभागी हुनेछन्। जहाँ दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

jay1704344855.jpg

de' js1704343940.jpg

jai-shankar-ktm_1704343408.jpg

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update