Public Pana
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । 
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी परराष्ट्रमन्त्री एनपी साउद र  परराष्ट्र  सचिव सेवा लम्सालले स्वागत गरे ।
 
भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ । 
दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update