Public Pana

नेपाली फिल्मको इतिहासमा दोश्रो नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ यूट्युबमार्फत दर्शकमाझ ल्याइएको छ ।

जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको यो गीति चलचित्र निर्माण भएको केही वर्षपछि यूटुयुबमार्फत सार्वजनिक गरिएको हो ।

यूट्युबमा आउनुअघि यो फिल्म काठमाडौं, चन्द्रनिगाहपुर लगायतका स्थानमा प्रदर्शन गरिएको थियो । यो गीति चलचित्र २०७६ जेठ १ गते नै केन्द्रिय चलचित्र जाँच पास समितिबाट सेन्सर पास भएको थियो ।

यो गीति चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरुले प्रारम्भदेखि अन्त्यसम्म नै गीतको माध्यमबाट अभिनय गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिनेगरी ‘भाग्य’ तयार पारिएको हो ।

यसअघि डा.भोला रिजालद्वारा लेखिएको गौंथली खण्ड काव्यमा आधारित पहिलो नेपाली गीति चलचित्र तयार पारिएको थियो ।

उक्त गीति चलचित्रपछि विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ‘भाग्य’ (गीति कवितामा आधारित) दोश्रो नेपाली गीति चलचित्र बन्न सफल भएको छ ।

एउटै चलचित्रभित्र अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक– गायिकाहरूको स्वरमा गीत रहेको चलचित्र ‘भाग्य’ बन्न सफल भएको छ । यो गीति चलचित्रमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का लगायत एक दर्जनभन्दा बढी गायक–गायिकाहरूको स्वर रहेको छ ।

बोलीचालीमा गरिने अभिनयभन्दा फरक नयाँ प्रयोग अनि वार्तालाप बिना कुराकानी नभइ गीतबाट अभिनय गर्नु र दर्शक स्रोतालाई मनोरञ्जन दिनु फिल्मको मुख्य उदेश्य रहेको छ ।

यो गीति चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएर उत्कृष्टताको थुप्रै अवार्ड प्राप्त गरिसकेको र अझै पनि विभिन्न अवार्ड कार्यक्रमहरूमा सहभागिता जनाइ रहेको छ ।

यो गीति चलचित्रमा एसराज गराच, नीता ढुंगाना, सुनिल कटुवाल, अदिति श्रेष्ठ, पूर्णिमा लामा, विशाल के।सी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, निजल लामा, आयुषा श्रेष्ठ, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सूर्य कमल राई, शंकर घतानी, रमेश एकल, नरेन्द्र भट्टराई, विष्णु के।सी, असिम शेर्पा, अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, तुलशा कटुवाल, छेकु लामा, निषा श्रेष्ठ, रोशन कुमार आदि कलाकारले अभिनय गरेका छन् ।

संगीतकारको सङ्गीत, लेखकको लेखन शैली, निर्देशकको निर्देशन, कलाकारहरूको उत्कृष्ट अभिनय र फिल्ममा जोडिएका सम्पूर्ण व्यक्तिहरूको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको निर्माता सरिता महर्जनको भनाइ रहेको छ ।
रोशन कुमार श्रेष्ठ यो गीति चलचित्रका निर्देशक हुन् ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update