Public Pana
मोरङको गाउँमा हात्तिको हुल पसेपछि स्थानीय विहानैदेखि  तरंगित

मोरङको उर्लाबारीतिर हात्तीको हुल प्रवेश गरेपछि स्थानीय त्रसित भएका छन् ।

राति मात्रै गाउँतिर देखा पर्ने हात्ती आज विहिबार बिहानै बस्तीतिर देखिएपछि स्थानीय त्रसित भएका हुन् । स्थानीयले हात्ती धपाउन चिच्याउने-कराउने गर्न थालेका छन् । 

जिल्लाको रतुवामाई नगरपालिका–९ स्थित झर्ना टोलबाट वडा नम्बर १० गोप्पेश्वर मन्दिरको बाटो हुँदै हात्तीको हुल आज बिहान उर्लाबारीतिर गएको हो । 

९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेको स्थानीयले बताएका छन् । उक्त हात्ती वनका कर्मचारी तथा सुरक्षाकर्मी मिलेर बक्राहा खोलातिर धपाउने काम थालिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव उपरीक्षक देवेन्द्र दासले बताए ।

उनका अनुसार हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन । महिना दिनअगाडिदेखि झापा मोरङ तथा सुनसरीमा हात्तीले हल्लीखल्ली मच्याएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update