Public Pana
आजकाे माैसम  तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

आज (बिहीबार) बिहानसम्म केही प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ। 

 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बिहीबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर नै तापक्रम घट्दा क्रममा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईका जिल्लामा हुस्सु तथा कुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update