Public Pana
जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर  गर्ने नेपालकाे अपेक्षा

भारतीय विदेशसचिव एस जयशंकर आजदेखि नेपाल भ्रमण गर्दै छन् ।  

कुनै समय नेपालसँग नजिक रहेर काम गरेका जयशंकर नेपालका अधिकाश नेताहरुसँग परिचित छन् । कर्मचारी संयन्त्र हुदै  विदेशमन्त्री भएका उनी नेपालमा समेत बसेका कारण विगतमा सहमतीका बारेमा उनी विदेशसचिव हुदाँ देखि नै परिचित छन् ।

उनै जयशंकरको भ्रमणले नेपाल भारतका विचमा धेरै रोकिएका आयोजना अघि वढ्ने अपेक्षा नेपालले गरेको छ। त्यस्तै यो भ्रमण  गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्ली भ्रमण गर्दाको फलोअप भ्रमणको रुपमा रहेको छ । तत्कालीन समयमा विदेशमन्त्री  उनी ब्रिक्सका विदेशमन्त्रीहरूको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका कारण उनीसँग छलफल हुन पाएको थिएन । 

भारतीय विदेशमन्त्री एस जयशकर नेपाल आउनु एक दिनअघि बुधवार पूर्वतयारीका लागि भारतीय अधिकारीहरूले नेपाली पक्षसँग प्रि छलफल समेत गरेका थिए ।  उक्त वैठकमा पेश भएका अजेण्डाहरु हेर्दा भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्रमन्त्री सहभागी हुने संयुक्त आयोगको बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भएको दीर्घकालीन ऊर्जा व्यापारसहितका विषयमा  ठोस निर्णय लिने  देखिन्छ ।  
प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालवाट १० हजार मेगावाट विद्युत्त खरिद गर्ने वचन दिएका थिए । नेपाल र भारत दुवैले संयुक्त आयोगको बैठकले यो योजना अघि वढाउने नेपालका परराष्ट्रमन्त्री एनपि साउदले दावी गरेका छन् । 
गत जुन महिनामा भारतीय प्रधानमन्त्री मोदीसँगको छलफलपछि नेपाली प्रधानमन्त्री ’प्रचण्ड’ले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताअन्तर्गत नेपालले १० वर्षमा भारतलाई १०,००० मेगावाट बिजुली बिक्री गर्ने घोषणा गरेका थिए।

त्यसलाई दुवै देशले ऊर्जा सहकार्यका क्षेत्रमा गरेको महत्त्वपूर्ण निर्णयका रूपमा चित्रण गरेका प्रचण्डले भारत हुँदै बाङ्ग्लादेशलाई ५० मेगावाट बिजुली बिक्री गर्न पनि बाटो खुलेको बताएका थिए।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल एवं भारतका लगानीकर्ताहरूका आयोजनाबाट उत्पादित जलविद्युत्को व्यापारबारे प्रारम्भिक सम्झौता भएको थियो।
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले पनि भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा विद्युत्तका लागि केही हस्ताक्षर हुने बताए । 
डेढ साताअघि नेपाल सरकारले विगत एक वर्षको अवधिमा भारतीय बजारमा झन्डै १,७४१ गिगावाट घण्टा विद्युत् निर्यात गरी १३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । अव यसमा  वढावा हुने उनको दावी  छ। 
परराष्ट्र मन्त्रालयका प्रवक्त अमृतकुमार राईले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका सबै सहमतिहरूको कार्यान्वयनको समीक्षा संयुक्त आयोगको बैठकमा गरिने दावी गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update