राष्ट्रिय सभामा मिलेर जान ओलीले राखे प्रस्ताव
सत्ता गठबन्धनसहित नेकपा एमालेको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।
बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पत्रकारसग उक्त जानकारी गराएका हुन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको दाबी उनले गरे । तर त्यस विषयमा कुनै सहमति नभएको उनले बताए ।
बैठकमा गठबन्धन दलहरूबिच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबिच सहमति नभएको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १९:०५
प्रतिक्रिया दिनुहोस्