Public Pana
बलिउडका चर्चित व्यक्ति वैवाहिक बन्धनमा बाँधिदै
 २०२४ मा वैवाहिक बन्धनमा बाँधिने यी जोडि

सन् २०२४ को शुरुवातमै अर्थात आज जनवरी ३ का दिन बलिउड अभिनेता आमिर खानकी छोरी आइरा खान नुपुर शिखरेसंग विवाह बन्धनमा बाँधिदैछिन् ।

आइरासंगै सन् २०२४ मा बलिउडका थुप्रै कलाकारहरु वैवाहिक जीवनमा बाँधिने तयारी गरिरहेका छन् ।
तमन्ना भाटिया–विजय वर्मा

तमन्ना र विजय लामो समयदेखि एक–अर्काको प्रेममा छन् । तमन्ना र विजयले पनि सन् २०२४ मा विवाह गर्ने योजना बनाएका छन् ।

रकुल प्रीत सिंह– ज्याकी भगनानी

अभिनेत्री रकुल प्रीत सिंह तथा ज्याकी भगनानीको वैवाहिक समारोहको मितिदेखि लोकेशनसम्म सार्वजनिक भैसकेको छ । रकुल र ज्याकी फेब्रुअरी २२ मा गोवामा विवाह गर्दैछन् ।

रश्मिका मंदाना–विजय देवरकोंडा

रश्मिका र विजयको गोप्य प्रेमको चर्चा अहिले यत्रतत्र रहेको छ । दुवैले आफ्नो प्रेम सम्बन्धका बारेमा सार्वजनिक नगरे पनि धेरै रश्मिका र विजयले यहि वर्ष विवाह गर्न सम्भावना रहेको बताएका छन् ।

मलाइका अरोडा–अर्जुन कपूर

मलाइका र अर्जुनको प्रेमको बारेमा थाहा नहुने शायद कोहि होला । दुवैले एक–अर्कालाई लामो समयदेखि डेट गरिरहेका छन् । दुवैको विवाहको चर्चा धेरै पटक भएता पनि २०२४ मा दुबै वैवाहिक वन्धनमा बाँधिने सम्भावना धेरै छ ।

मलाइकाका पूर्व श्रीमान् अरबाज खानले पनि २०२३ को अन्ततिर सूरा खानसंग विवाह गरिसकेका छन् । यहि कारणले पनि अब मलाइका र अर्जुन पनि विवाह गर्छन् भन्ने आडकलन धेरैको रहेको छ ।

सबा आजाद–ऋतिक रोशन

सबा आजाद र ऋतिक रोशनको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ । दुवैलाई विभिन्न ठाउँमा धेरै पटक संगै देखिएको छ । सबा र ऋतिकले पनि २०२४ मा विवाह गर्ने सम्भावना धेरै छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update