Public Pana

पप गायक रविन महर्जन आफ्नो नयाँ पप गीत ‘कल्पनाकी परी’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

यो गीतमा दिग्गज संगीतकर्मी सञ्जय श्रेष्ठको शब्द तथा संगीत सुन्न सकिन्छ ।

सुरज लाल श्रेष्ठ यो गीतका रेकर्डिष्ट हुन् ।

जीवन श्रेष्ठको छायांकन, अवधारण, सम्पादन तथा निर्देशनमा यो गीतको म्युजिक भिडियो तयार पारिएको छ ।

भिडियोमा गायक रविन महर्जनका साथै मोडल पूर्णिमा दाहाललाई फिचर गरिएको छ । यो गीतको म्युजिक भिडियो फिरन्ते यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो-

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update