Public Pana
बालुवाटारमा सत्ता गठबन्नकाे बैठक चलिरहँदा एमाले अध्यक्ष ओलीको प्रवेश

राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् ।  सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।  यद्यपि सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने बैठक निष्कर्षविहिन भएको बताएका छन् । उनले भोलि बिहान पुनः बस्नेगरी बैठक स्थगित भएको बताए । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update