Public Pana
शेयर बजारमा आज हरियाली  : झन्डै २८ अङ्कले बढ्यो

लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सात वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update