Public Pana
राष्ट्र बैंकको सिस्टम ह्याक गरी डाटा बेच्न लागेको ह्याकरको दाबी 

एक ह्याकरले नेपाल राष्ट्र बैंकको वेब एप्लिकेसनमा पहुँच बनाएर सोर्स कोड फेला पारेको दाबी गरेका छन् ।

आफूलाई ब्याडबुद्ध (badbuddha) भनेर चिनाउने ती ह्याकरले १७ डिसेम्बरमा ब्रिच फोरममा एक पोस्ट राख्दै सोर्स कोड पत्ता लगाएको दाबी गरेका हुन् । 

“मैले धेरै बग रिपोर्ट गर्दा पनि तिनीहरूले मलाई राम्रोसँग प्रतिक्रिया दिएनन्,” ब्याडबुद्ध नामबाट लेखिएको पोस्टमा भनिएको छ, “त्यसैले म यो डेटा बेच्न चाहन्छु । मलाई पैसा चाहिएको छ ।”

सो पोस्टमा नेपाल राष्ट्र बैंकको नाम उल्लेख छैन । यद्यपि एक वर्षअघि ७९३.७५ अर्ब आम्दानी गर्ने नेपालको सबैभन्दा ठूलो बैंकको सोर्स कोड पत्ता लगाई बेच्न लागेको बताइएको छ ।

यस विषयमा एक साइबर सुरक्षा विश्लेषकले त्यहाँ उपलब्ध गराएको ईमेल ([email protected]) मा बैंकबारे बुझ्न खोजेका थिए । त्यस क्रममा ब्याडबुद्धले सो डेटा नेपाल राष्ट्र बैंकको भएको पुष्टि गरेका छन् ।


“उसले एक्सप्लोइट गरेको एउटा स्याम्पल पठाएको छ । त्यो विश्लेषण गर्न बाँकी छ,” नाम नखुलाउने सर्तमा ती साइबर सुरक्षा जानकारले जनाएका छन् । 

pasted image 01704272422.png

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update