Public Pana
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति 

न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

आज बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।

न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update