Public Pana
प्रधानमन्त्री कप टी–२० जितका लागि कोशीले पायो ११५ रनको लक्ष्य 

प्रधानमन्त्री कप महिला टी–२० कप २०८० को उपाधीका लागि एपीएफ क्लबले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कोशीले ११४ रन बनाएको हो ।

कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् ।

१११ मा पाँचौं विकेटको रुपमा सर्वाधिक रनकर्ता इन्दु बर्मालाई ५३ रनमा गुमाएको एपीएफले त्यसपछि लगातार नेरी अर्धशतकीय पारीमा गुमाएको एपीएफका लागि इन्दुपछि नेरी थापा र सानु राजवंशीलाई गुमाएको थियो ।

एपीएफका लागि ज्योति पाण्डेले २७, रोमा थापाले १४, सरिता मगरले ९ र करुणा भण्डारीले अविजित दुई रन जोडे । कोशीका लागि अलिसा खडियाले २, रुविना क्षेत्री र निशा शाहले १÷१ विकेट लिए ।

कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजय व्यहोरेको थियो । त्यसपछि दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै पुनः फाइनल प्रवेश गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update