Public Pana
४० न्यायाधिश नियुक्तीका लागि न्याय परिषद वैठक शुरु

उच्च अदालतमा रिक्त ४० जना न्यायाधीश नियुक्तिको लागि न्याय परिषदकाे वैठक शुरु भएकाे छ।

दिनभर प्रधानन्यायाधीशसहित परिषद्का सदस्यहरूबीच भएको छलफलले सम्भावित उम्मेदवारको टुंगो लगाउने तयारी छ।

हालसम्मको तयारीअनुसार सबैभन्दा बढी जिल्ला न्यायाधीशबाट उच्च अदालतका न्यायाधीश नियुक्त गर्ने परिषदकाे तयारी छ।

त्यसपछि क्रमशः कानुन व्यवसायी र न्याय सेवाका कर्मचारी (सरकारी वकिलसमेत)बाट नियुक्त गरिने तयारी छ। न्यायाधीश नियुक्तिका लागि परिषदकाे वैठक भएकाले संवैधानिक इजलासमा मुद्दा ताेकिएकाे छैन ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष रहेको न्याय परिषद्मा सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी 'सम्भव' छन्। 

यस्तै, बुधबार नै न्याय सेवा आयोगको बैठक बसेर सर्वाेच्चकाे मुख्य रजिस्ट्रार र रजिस्ट्रार सिफारिस गरेकाे छ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update