Public Pana
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस भएका छन्।

हाल न्याय परिषद्‌को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

यस्तै, सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्।

उनी सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुख हुन्।

यसअघिका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतमा यी २ पद रिक्त थिए।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update