Public Pana
राष्ट्रियसभा निर्वाचनको सिट भागबण्डावारे कंग्रेस र माओवादीबीच छलफल, टुंगो अझै लागेन

राष्ट्रियसभा निर्वाचनको भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्र आज पनि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच भागबण्डावारे छलफल भएपनि सहमति भइनसकेको नेताहरुले बताएका छन् । 

बैठकमाकांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट प्रधानमन्त्री ंसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

छलफलमा सिट बाँडफाडवारे दुवै पक्षले आ–आफ्नो प्रस्ताव अघि सारेको र थप छलफल गरेर उक्त बिषयलाई टुंग्याउने सहमति भएको कंग्रेस प्रमुख सचेतक रमेश लखेकले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update