Public Pana
टोपी दिवसमा अष्ट्रेलियाको पर्थमा प्रवासी नेपालीको भव्य कार्यक्रम, विदेशी समेत रमाए

अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च पश्चिम अष्ट्रेलियाले एक नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को अवसरमा बिशेष कार्यक्रम सम्पन गरेको छ । उक्त समारोहमा विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो । 
नेपाली समुदायहरुबीच सदभाव र नेपालीपन साटासाट गर्न विदेशमा बसेपनि  टोपी दिवसलाई उच्च महत्व दिएर विशेष कर्यक्रम आयोजना गरिएको टोपी दिवस र अग्रेजी नयाँ बर्ष पारेर शुभकामना आदान प्रदान गरिनुका साथै खेलकुद प्रतियोगितमा विभिन्न विधामा  प्रवासी नेपाली मंचका राष्ट्रिय सल्लाहकार एवं एनआरएनएका अन्तराष्ट्रिय कमिटिका सल्लाहकार भैरब ढकालले बताउनुभयो । topi 111704212109.jpeg

मञ्चका  अध्यक्ष तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको उक्त कार्यक्रममा मञ्चका सचिब गोपाल घिमिरे,  सिटी अफ अर्माडेल काउन्सिलका काउन्सिलर शानाभास पिटर ,ओ एन एफ ओसियाना कमिटीका सदस्य मधु पन्थि, ओ एन एफ अष्ट्रेलिया कमिटी का उपसचिब तथा पस्चिम अष्ट्रेलिया इन्चार्ज होमनाथ निरौला ,मंचका सल्लाहकार तथा एन आर एन ए वेष्ट्रन अष्ट्रेलियाका पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठ ,  एन आर एन ए वेष्ट्रन अष्ट्रेलियाका कोर्डिनेटर शेखर घिमिरे लगायतले विदेशमा रहेर पनि नेपाललाई चिनाउन आफुहरु सदैव लागि पर्ने धारणा राखेका थिए ।  

कार्यक्रममा खेलकुदका विभिन्न विधामा बिजयी भएकाहरुलाई ओ एन एफ राष्ट्रीय कमिटी का उपसचिब होमनाथ निरौलाले पुरस्कार बितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी  एनआरएनएका  महेश लामा, बिर्रेन्द्र उदास , मनिष सिग्देल, मीमसुभ गुरुंग , एकराज राई , दिपक पराजुली , यादव शर्मा,  समुन्द्र पुरी लगायतले नेपाल र नेपालीको पहिचान उजागर गर्न सवै गैरआवासीय नेपालीहरु एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा बिदेशी समेत नेपाली टोपी लगाएर दंग परेका थिए भने फाटो खिच्न अष्ट्रेलियन रैथानेहरुको भिड लागेको थियो । विदेशी नागरिकहरुले नेपालीको समुदायले आयोजना गरेको उक्त कार्यक्रमबाट नेपालवारे धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएको मंचका राष्ट्रिय सल्लाहकार ढकालले बताउनुभयो । 

अष्ट्रेलियाका विभिन्न राज्यमा होटल तथा रेष्टुरेण्ट व्यवसायीका रुपमा ख्यति कमाएका भैरब ढकालले गैरआवासीय नेपालीहरुका तर्फबाट विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । ढकालले नेपालबाट गएका थुप्रै नेपालीलाई रोजगारी दिएका छन् भने नेपालमा समेत पर्यटन विकासमा के्ही रणनीति लगानी भित्रयाउन पहल गरिरहेको उनका भाई कमल ढकालले जानकारी दिए । 

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update