Public Pana
रविमाथि खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे

पोखरामा एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका युवक साधारण तारेखमा छुटेका छन्। 

खोया हानिसकेपछि प्रहरीले सम्झाइबुझाइ गर्दा प्रहरीमाथि नै हातपात र अभद्र व्यवहार गरेपछि पक्राउ परेका लमजुङका सन्तोष रानाभाट साधारण तारेमा छुटेका हुन्। 

 

प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरी अनुसन्धानका लागि १० दिन हिरासतमा राखेको थियो। रानाभाटले पुस ७ गते लामिछानेलाई पोखराको अमरसिंह चौरमा मकैको खोया प्रहार गरेका थिए। 

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। आदेशसँगै रानाभाटलाई आजै छोडिएको कास्की प्रहरीले जनाएको छ। 

प्रहरीले अपशब्द प्रयोग गरी गालिगलौज एवं हातपात समेत गर्ने प्रयास गरी डिउटीमा अवरोध पुर्‍याइ अभद्र व्यवहार गरेको भन्ने तत्काल खटिएको प्रहरीको प्रतिवेदनको आधारमा अभद्र व्यवहार मुद्दा चलाएको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update