Public Pana
बालुवाटारमा ओली र प्रचण्डको ‘गोप्य’ भेट

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालका  विचमा बालुवाटारमा भेट भएकाे छ । साेमबार भएकाे उक्त भेट हालसम्म कुनै पक्षले सार्वजनिक नगरी गाेप्य राखेका छन् ।  

 सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आसन्न राष्ट्रिय सभा निर्वाचनको भागबन्डा  चलिरहँदा र प्रचण्ड सरकारकाे एक वर्षमाथि प्रश्न उठिरहेकाे समयमा  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  ‘प्रचण्ड’ र एमाले अध्यक्ष  ओलीबिच ‘गोप्य’ भेटवार्ता भएकोले आश‌का गरिएकाे छ । 

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच करिब ४५ मिनेट भएको भेटवार्तामा ‘वान टु वान’ कुराकानी भएको हो । केही समयपछि भारतीय विदेशमन्त्री एस जयश‌करकाे नेपाल भ्रमण, राष्ट्रिय सभा निर्वाचन अनि नेपाली काग्रेसले मन्त्री परिवर्तन गर्न नमानेकाे अवस्ठामा भएकाे भेट गाेप्य राखेपछी आशका उठेकाे हाे ।  

प्रचण्ड–ओलीबिचको सोमबारे  भेटवार्तामा मूलत टीआरसी विधेयक र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भएको  दावी उनकाे सचिवालयले गरेकाे छ ।  शुरुमा अस्वीकार गरेकाे सचिवालयले भेट बारे पुष्टी भएकाे दावी गरेपछी सक्रमणकालिन न्यायमा छलफल भएकाे बताएकाे छ । 

 यो भेटलाई माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको प्रयाससमेत भनेर विश्लेषण गरिएकाे छ । 

‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दायाँबायाँ नहुने भनेकाले एमालेको हार निश्चित नै छ । तैपनि हाम्रोतर्फबाट सकिने प्रयास त हुने नै भयो’, एमालेका एक  नेताले भने  ‘सोमबार प्रधानमन्त्री र हाम्रो अध्यक्षबिच पनि यसबारे केही न केही कुरा त भएको छ तर ठोस रूपमा हामीसमक्ष जानकारी आइनसकेकाले केही भन्न सकिन्न ।’  

ती नेताका बुझाइमा दुई नेताको भेटमा एमाले अध्यक्षले राष्ट्रिय सभाको १९ सिटमा एमाले र माओवादी मिलेर चुनाव लड्न र अव सरकार पाँच वर्ष नै प्रचण्डलाई दिने प्रस्ताव गरेको हुन सक्ने वुझिएकाे छ ।  यद्यपि प्रचण्ड–ओली भेटवार्ताबारे औपचारिक रूपमा दुवै नेताको सचिवालय र नेता निकटस्थहरूले गोप्य नै राखेका छन् ।   

 

पछिल्लो समय (प्रचण्डले गठबन्धन फेरेपछि ) प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच औपचारिकताबाहेक सम्बन्ध सुमधुर हुन सकेको थिएन । एमालेकै सहयोगमा तेस्रो कार्यकालमा लागि प्रधानमन्त्री बनेपछि प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन तस्करी हुँदै एनसेलजस्ता भ्रष्टाचार प्रकरण  बाहिर ल्याएपनि सरकारकाे काम गराइमा सन्तुष्ट हुन सकेका छैनन ।

एमाले पनि लामाे समय सरकार बाहिर रहेकाे र आगामी निर्वाचनसम्मै बाहिर बस्नुपर्ने देखिएकाले सरकार ढाल्न माअोवादी र काग्रेसदुवैसँग समानान्तर रुपमा फकाउने रणानीतिमा  लागेकाे छ । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update