Public Pana
म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।

आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन ‘प्रचण्ड’ले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्रीले सरकारी निकायलाई सो निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update