Public Pana
भवन उद्घाटन गर्न प्रधानमन्त्री पुग्ने भएकाले सुनापति गाउँपालिकामा पर्सी सार्वजनिक बिदा -  सूचना सहित
फाइल तस्बिर

रामेछापको सुनापति गाउँपालिकाले आउँदो बिहीवार पर्सि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड आउने भएकाले बिहीवार सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

त्यस दिन गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

pm suchana1704193568.jpg

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update