नेपालमा गाउँको जनसङ्ख्या तीव्र रूपमा घटेको छ । शहरोन्मुख तथा सहरी जनसङ्ख्या तीव्र रूपमा बढेको पाइएको हो ।
जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र शहर भरिँदै गएको देखाएको हो ।
नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा शहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव शून्य सात प्रतिशत पुगेको देखिन्छ ।
त्यसैगरी सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिन्छ ।
पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रमा बस्नेहरूको जनसङ्ख्या पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
१० वर्ष पहिले ग्रामीण क्षेत्रमा ३८ दशमलव पाँच प्रतिशत जनसङ्ख्या रहेकोमा २०७८ सालमा ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको ठाउँमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ ।
ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ ।