Public Pana
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु  हुनेको संख्या ३० पुगेको छ। 

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ। 

 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्। 

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पुर्‍याएको छ। सोमबारदेखि जापानमा कम्तीमा १५५ भूकम्प गएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update