Public Pana
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती

बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।

पुस १३ गते  बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा उनीहरुको मृत्यु भएको थियो । 

मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो ।

जसअनुसार मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।  

सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने  मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update