Public Pana
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको भन्दै चिज गम्भीर र सामान्य नभएको आशंका गरेका छन् । सोमबार कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे मुख खोलेका हुन् । 

 

 

‘केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ’, उनले भने, ‘ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ’, प्रधानमन्त्रीको भनाइ छ ।

उनले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गर्दै भने, ‘त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ?’ प्रश्न गर्दै उनले यसबारे कुनै प्रमाण भेटाइ नसकेको बताए ।

सोही कारण घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाइएको भन्दै उनले मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्र्याे, छोडेछन् भन्ने भाष्य के हो भनेर प्रश्न गरे ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update