Public Pana
सरकारी वेबसाइटमा समस्या : साइबर आक्रमणको प्रयास
सांकेतिक तस्बिर

नेपालको सरकारी वेबसाइटमा साइबर आक्रमणको प्रयास हुँदा हिजो आईतबारदेखि समस्या आएको पाइएको छ ।

विदेशबाट ह्याकरहरुले सरकारी वेबसाइटको डीएनएस सर्भरमा डीडीओस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस)मा अट्याक गरेकाले समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले जनाएको छ ।

आज सोमबार मध्यदिनसम्म पनि सरकारी वेबसाइटमा समस्या आएको थियो।

विदेशबाट सरकारी वेबसाइटको डीएनएस सर्भरमा लगातार डीडीओएस आक्रमणको प्रयास भइरहेको र ह्याकहरुको समूहले नै सर्भरमा आक्रमण गर्दा हिजो आइतबारदेखि वेबसाइटहरुमा समस्या आएको एनआईटीसीले जनाएको हो ।
अहिले समस्या समाधानका लागि विदेशबाट आउने सबै ट्राफिक बन्द गरिएको हो ।

नेपालमा ब्राजिल, भियतनाम लगायतका केही देशको आईपी एड्रेसबाट ह्याकिङको प्रयास भइरहेको छ।

ह्याकरहरुको समूहले चीन, भारत, बंगलादेश दक्षिण एशियाली राष्ट्रहरुमा आक्रमण गरिरहेका छन्।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update