Public Pana
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने दाबी गरेका छन् ।

आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कंग्रेसद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उस्तो बताएका हुन् । 

भट्टराईले भने, ‘बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्न सिकौं । एक अर्कालाई दोष नलाऊ । जनतालाई सुशासन र समृद्धिको फल दिऊँ । यसलाई गम्भीर तरिकाले लिउ ।’

उनले टीआरसी विधेयक देशको साझा विषय भएकोसमेत बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update