Public Pana
शेयर बजारमा ७७ कम्पनीको मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार

साताको पहिलो कारोबार भएको शेयर बजारमा आज सोमबार ८.७५ अंकले घटेर बजार २०६०.१५ बिन्दुमा पुगेको छ । 

अघिल्लो साताको तीनै कारोबारमा घटेको सेयर बजार यो साताको पहिलो कारोबार पनि ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ । 

यद्यपी ७७ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ ।
एक सय ५९ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको भने स्थिर छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उचालिएको बजार अघिल्लो साता यतादेखि फेरी ओरालो लागेको हो ।
नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो ।

अहिले वृद्धि थामिए पनि बजारले उचाइतर्फकै यात्रा गर्ने आधारहरू देखिएका शेयर जानकार नवराज गौतम बताउँछन् ।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update