Public Pana
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ?
फाइल तस्बिर

राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिप्रश्न गरेका छन्।

कांग्रेसद्वारा आज सोमबार मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘राजासहितको स्वतन्त्र देश थियो सिक्किम। राजा त थिए त त्यहाँ। राजा हुँदा देश बच्दोरहेछ? जनताले हो कि राजाले देश बचाउने?’

उनले भारतमा कुनै बेला लगभग ५६५ रजौटाहरू, राजाहरू भएको र राजाले बचाउने भए यतिबेला पनि ५६५ रजौटा, राजाहरू कायम हुनुपर्ने थियो भन्ने तर्क गरे। ‘ती राज्य अहिले पनि हुन्थे होलान् नि त, राजा हुँदा कायम हुने भए’, उनले भने।

जन्मिँदै शासक हुने सिद्धान्त पाखण्डी सिद्धान्त र अन्धविश्वासको पराकाष्ठा भएको ओलीले बताए।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update