Public Pana
नेपालको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको चित्रबहादुरको भनाइ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरूले लडेर लोकतन्त्र र गणतन्त्र ल्याएको भए पनि यसका लागि आफूहरूबाटै बढी खतरा रहेको बताएका छन्।

नेपाली कांग्रेसद्वारा आयोजित मेलमिलाप दिवसका अवसरमा धारणा राख्दै उनले भने, ‘हामीले लोकतन्त्र र गणतन्त्र ल्यायौं, संविधान सभाको चुनावगर्यौं, संविधान लेख्यौं ढुकुरे छाती पिट्ने। अहिले जनतामा लोकतन्त्र र गणतन्त्रप्रति आएको वितृष्णाको जिम्मा हामीले लिनुपर्छ कि पर्दैन? हाम्रै कारणले जनतामा सिस्टमप्रति वितृष्णा आएको छ। त्यसलाई भजाएर अहिले पनि लोकतन्त्र र गणतन्त्रको औचित्य छैन भन्नेहरूको मनोबल बढिरहेको छ।’

केसीले लोकतन्त्र र गणतन्त्रमाथिको खतराप्रति सतर्क र सजग हुनुपर्ने बताए। ‘अहिले पनि जनतामा अहिले पनि व्यापक असन्तुष्टि छ, लोकतन्त्र र गणतन्त्र ल्याउनेहरूप्रति। त्यो असन्तुष्टि निराधार होइन’, उनले भने।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update