Public Pana
महामन्त्री शर्माको प्रधानमन्त्रीलाई प्रश्न आन्दोलनमा मन्त्री झन्डा हल्लाउदै किन पुग्नुभयो ? 

काठमाडाै-  नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीको कार्यशैली प्रति प्रश्न उठाएका हुन् । 
आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो । आन्दोलनका क्रममा दुई जना युवकको मृत्यु समेत भएको थियो । 
महामन्त्री शर्माले प्रश्न गरे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विद्यार्थीहरूले प्रदर्शन गर्दै गर्दा, ईपीएस परीक्षा हामीले दिन पाउनुपर्छ भनेर प्रदर्शन गर्दै गर्दा, झण्डा हल्लाउँदै तपाईंको एकजना मन्त्री वार्ता गर्न जानु भएको थियो ? के कार्यका लागि त्यो जरुरी थियो ?’

उनले आफ्नो पार्टी सरकारमा सहकार्यमा रहेको बताउँदै राज्य सञ्चालनमा सरकारलाई अझ गम्भीर बनाउन जरुरी रहेको विषयमा जोड दिए । उनले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबिच सहकार्य जरुरी छ । उनले देशमा निरासा छर्ने काम भएको भन्दै यसलाई चिरेर सरकार अघि वढ्न सक्नुपर्ने उनले बताए ।  

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update