Public Pana
आजदेखि मन्त्रिपरिषद् बैठकमा चिया र बिस्कुट मात्र लागु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेका छन् ।

आज सोमबारदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा बाँडिने खाजा कटौती गरिएको हो।

हरेक पटक मन्त्रीपरिषद बैठक बसेको बेला महँगो खाजा बाँड्ने गरिएको थियो।

मन्त्रीपरिषद् बैठकको खाजा काटियो, अब लामो बैठक बस्नु परे चिया बिस्कुट मात्र दिने प्रधानमन्त्रीको निर्देशन रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खाजामै ६० लाख खर्च हुने गरेको छ ।

महिनामा कम्तीमा ८ पटक क्याबिनेट बैठक बस्छ भने वर्षमा कम्तीमा सय पटक बस्छ जसमा महँगो खालको खाजा दिने गरिएको थियो।

यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी समेत कटौती गरेर मितव्यीयाता शुरु भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update