Public Pana
प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्तिकारी युवा सङ्गठनले आज सोमबार काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेको छ ।

सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरवारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मूल गेटमा, संसद भवनको तीन नम्बर र दुई नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न प्रदर्शन गरेको हो ।

बालकुमारी घटना, एमसीसी र एनेसल प्रकरणको विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा सङ्गठनले जनाएको छ ।प्रदर्शनमा केन्द्रीय कार्यालय सदस्यसहित केही युवाहरू पक्राउ परेका छन् । 

यसअघि युवा सङ्गठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो ।

ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा सङ्गठनले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update