Public Pana
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए। 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए। 

उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको थापाले उल्लेख गरे। साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए। 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update