Public Pana
बालकुमारी घटनामा आईजी कुँवरले भने– फिल्डमा २ प्लस २ चार हुँदैन, परिस्थिती फरक हुन्छ

काठमाडौं– दुई जनाको ज्यान गएको र मन्त्रीको गाडी समेत जलेको बालकुमारी घटनाबारे आईजी वसन्तबहादुर कुँवरले राज्यव्यवस्था समितिमा  जवाफ दिएका  छन् ।

बालकुमारी घटनाकोबारे सोमबार समितिमा जवाफ दिँदै आईजी कुँवरले फिल्डमा २ प्लस २ चार नहुने बताएका छन् । ‘कानून र आदेशमा एउटा होला । तर फिल्डको परिस्थिती फरक हुन्छ । फिल्डमा २ प्लस २ चार हुँदैन, परिस्थिती फरक हुन्छ’ आईजी कुँवरले भने  ‘माननिय मन्त्री ज्युको गाडी नै जलेको छ । मन्त्री आफैं त्यही हुनुहुन्छ त्यो पनि भ्यालीमा भनेपछि फिल्ड कमाण्डर केही संयमता गुमाएको हुनसक्छ । तर फिल्डको परिस्थिती हामीले भनेजस्तो हुँदैन फरक हुन्छ’ आईजी कुँवरले भने ।

इपीएस शाखामा आन्दोन हुने बारे प्रहरीलाई पहिल्यै जानकारी भएको र सो अनुसार प्रहरी समेत परिचालन गरिएको कुँवरले बताएका छन् ।

‘बिहान ७ बजेबाटै युवाहरु जम्मा भएर आन्दोलन सुरु गरेका थिए ।  ११ ः ३० बजे इपीएस शाखामा तोडफोड भयो । त्यो त्यसपछि अश्रुु ग्यास प्रहार भएको देखिन्छ । केही गु्रपहरु बालकुमारी केही सातदोबाटोतर्फ गए । यही क्रममा ११ ः ५२ बजे मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केर मन्त्रीको गाडी कोटेश्वरतर्फ अघि बढ्यो अनि यो घटना हुन पुग्यो’ आईजी कुँवरले भने ।

त्यतिबेला कोटेश्वर सातदोबाटोको गाडी आउन बन्द गरिएको थियो । त्यस्तो बेदामा हिँड्दा पीएसओले समस्याको बारेमा जानकारी लिनु पर्नेमा नलिएको पाइएको कुँवरले बताए । ‘जब भिडमा गाडी रोकियो । अनि मन्त्रीसँग विवाद भयो । मन्त्रीलाई नै खुँडासम्म भनेको भिडियोमै सुनिन्छ ।

मन्त्रीको जीउ ज्यानको कुरा पनि आयो । गाडी जलाउन लागेको भन्ने आएपछि मास क्लियर फिल्डमा खटिएका डीएसपी उमेश लम्साल अघि बढे । ११ ः ५४ बजे मन्त्रीलाई हातपात गरेको भन्ने छ । त्यसपछि सेनाले पीएसओले मन्त्रीलाई सुरक्षित ठाउँमा लगे भने प्रहरीको पीएसओले मन्त्रीको गाडी कुरे । ११ ः ५५ बजे मन्त्रीको गाडीको हावा खुस्काइयो । १२ ः २० बजे आगो लगाइइो । १२ ः ४० मा एक्कासी सुजन राउत घाइते भएके अवस्थमा अस्पताल पठाइएको । उनको किस्ट अस्पतालमा १ ः ३० मृत्यु भयो । १२ ः ४२ बजे वीरेन्द्र शाह घाइते भए । उनलाई पाटन लगएकोमा १ः३७ मा डाक्टरले मृत घोषित गरे भने १२ः४५ मा आगो नियन्त्रणमा आएको देखिन्छ’ आईजी कुँवरले भने ।

सो क्रममा ८ जना प्रहरी घाइते भएको उनले बताए । अन्य ठाउँका केही घटनाहरुमा प्रहरीले बल प्रयोग नगर्दा क्षति भएको भनेर समेत आलोचना भएका थिए । त्यहाँमाथि भीआईजीको गाडी जलाएको र मन्त्री पनि त्यही रहेको भन्ने अपुष्ट खबरपछि प्रहरीले बल प्रयोग गरेको देखिएको उनले बताए । ‘यसमा बल प्रयोग ठिक हो÷होइन छानबिन पछि खुल्ला ।

प्रहरीले सम्झाई बुझाई गरेको पनि देखिन्छ । माइकिङ गरेको छ । त्यतिले नभएपछि १२४ सेल अश्रु ग्यास प्रहार भएको थियो । रबर बुलेट, हवाई फायर गरिएको छ’ आईजी कुँवरले भने ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update