Public Pana
बालकुमार घटना  : एमालेले माग्यो गृहमन्त्रीकाे राजिनामा 

नेकपा एमालेका सांसद  राजेन्द्र राईले  बालकुमारी घटनामा गल्ती भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजिनामा दिनुपर्ने माग गरेका छन् ।

संसदको राज्य ब्यबस्था  तथा शुसासन समितिको वैठकमा राईले गृहमन्त्री श्रेष्ठको राजिनामा मागेका हुन् । बालकुमारीमा इपिएसको परिक्षामा सहभागीमा दुई जनाको मृत्यु भएको भन्दै उनले राजिनामा माग गरे । 


युवाले विदेश गएर गरि खान माग गर्दा ताकि ताकि गोली हानेर मार्नुहुन्छ भने तपाईले राजिनामा नदिए कसले दिन्छ ’ उनले भने ‘समस्या समाधान गर्ने कि ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ । शालिनतापूर्वक भन्छु तपाईले मुलुक चलाउन सक्नु भएन राजिनामा दिनुस् ।’ यहाँ घटना तोडमोड गरेर प्रस्तुत भएको भन्दै उनले संसदमा आपत्ति जनाए ।

उनले समस्याको समाधान गर्न पनि गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताए । उनले युवाहरुलाई सम्झाउने र फकाउनुपर्नेमा गोली हान्न मिल्छ भन्दै प्रश्न गरे । आइजिपीले साधन स्रोत छैन भनेर जवाफ दिनु गलत भएको भन्दै साधानस्रोत छैन भनेर गोली हानेर मान्छे मार्न नपाइने उनले बताए । उनले छानविन समितिले काम गर्न पनि मन्त्रीले राजिनामा दिनुपर्ने बताए ।

उनले पिएसओलाई र डिएसपिलाई कारवाही गरेर नहुने भन्दै आइजिपी वा गृहमन्त्रीलाई कारवही हुुनुपर्ने बताए । पिएसओ त मन्त्रीले जहाँ भन्यो त्यही जानुपर्ने भएकाले त्यसलाई कारवाही गर्नुको अर्थ नभएको बताए । उनले मान्छे मार्ने कुरा आफूहरुले मान्न नसक्ने भन्दै आजै गएर पत्रकार सम्मेलन गरेर राजिनमा दिन माग गरे ।  


 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update