सरकारले बालकुमारी घटना छानबिन गर्न न्यायिक आयोग गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्नु ।
यस्ता छन सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
१. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने तथा छानविन गर्न देहायबमोजिमको जाँचबुझ आयोग गठन गर्नेः
उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व श्री अरुण बिसी र गृहमन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने ।
२. आयोगलाई देहायबमोजिम कार्यादेश तोक्नेः
–उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने,
–उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने,
–उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने,
–आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १(एक) महिनाभित्र पेश गर्ने ।