Public Pana
नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते

बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट एक युवक र एक युवतीको मृत्यु भएको छ। घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्। 

बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहोराका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति करिब १ बजे नेपालगन्जस्थित सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३४६४ नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो। 

अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउने करिब २४ वर्षीया आस्था शाहको मात्रै सनाखत भएको छ। उनी नेपालगञ्जकै स्थानीय बासिन्दा हुन्।


‘उनीसँगै दुर्घटनामा ज्यान गुमाउने करिब २६ वर्षीय युवकको अझै सनाखत हुन सकेको छैन,’ एसपी बोहोराले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएकी अर्की करिब २४ वर्षीया साहाना शाहको उपचार भइरहेको छ।’

घाइते युवा युवतीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। घाइते साहना शाहको पनि नेपालगञ्ज मेडिकल कलेजमै उपचार भइरहेको एसपी बोहोराले जानकारी दिए। 

दुर्घटनापछि प्रहरीले ठक्कर दिने स्कारपिओ र त्यसका चालकलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update