Public Pana
आजदेखी अग्रेजी नयाँ बर्ष शुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाँइदै

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

सन् २०२३ लाई बिदाइ र सन् २०२४ लाई स्वागत गरिएको छ ।ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । 

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । 

विक्रम संवत्, ५७ वर्ष अगाडि रहेको र जनवरी–फेब्रुअरी महिनाहरू ईस्वी वर्षको रूपमा मनाउने वर्ष हो।

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update