Public Pana
राप्रपाले राष्ट्रिय सभाका उम्मेदवार सिफारिसको जिम्मा दियो प्रदेशलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि पुस १८ गतेसम्म उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको छ।

राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी बैठकले उम्मेदवार सिफारिस गरी पार्टीको संसदीय समितिमा पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएक हो। 

यसैगरी, बैठकले ३०२ औं पृथ्वी जयन्ती विविध कार्यक्रमका साथ मनाउने  यसअघि नै निर्णय गरिएकोमा काठमाडौंको भृकुटीमण्डपबाट सिंह्दरबार अगाडि रहेको पृथ्वी शालिकसम्म र्याली गर्ने र ‘पृथ्वीनारायण’ शीर्षकमा ४० वर्ष मुनिका युवा कविता प्रतियोगिता गर्ने निर्णय गरेको छ।

उनले काठमाडौं, ललितपुर, भक्तपुरबाहेक ७४ जिल्लामा पृथ्वी जयन्ती मनाउने र यसका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको बताए।

काठमाण्डौ, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउन प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update