Public Pana
सुदूरपश्चिम सरकारले बालकुमारीमा मारिएका शाहका परिवारलाई रु.२ लाख दिने

सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–६ का २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई दुई लाख रुपियाँ दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारजनको पीडामा मल्हम लगाउन रु.दुई लाख  राहत दिने बताएका छन्। 

शाहको हत्यामा संलग्नहरूलाई कारबाही मागसहित धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि प्रदर्शन भइरहँदा प्रदेश सरकारको यो घोषणा आएको हो।

प्रदर्शनकारीले शाहको अछाम लानु पर्ने, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, आफन्तलाई रोजगारी  र आमाबुवालाई पालनपोषणको ग्यारेन्टी माग गरेका छन्। 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update