
काठमाडौ– नेपाल उद्योग वाणिज्य महासंघ महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानविन गरि कारवाही हुुनुपर्ने माग गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
कुलमानले पत्रकार सम्मेलन नै गरेर उद्योगीहरुमाथि लगाएको आरोप गलत भएको भन्दै उनले यस्तो माग गरेका हुन् ।
‘ मसँग प्रमाण छ, उद्योगीले डेडिकेटेड ट्रंक लाइन माग्नु भएको छ, त्यहि अनुसार दिएको हो भन्ने प्रमाण पनि उहाँले दिन सक्नु भएको छैन ’ श्रेष्ठले भने ‘उहाँ स्वयः मैले जे बोल्यो त्यो नै कानुन हुन्छ भन्नेमा लाग्नु भएको छ । यो कति न्याय संगत हो ? यदि यो मुलुकमा न्याय छ र कानुन छ भने यसमा खोजिनुपर्छ, छानविन गरि कानूनी दायरामा ल्याउनुपर्छ भन्ने मलाई लाग्छ ।’
अहिलेको मुलुकको अर्थतन्त्र संकुचित भएको बेलाउद्योगी व्यवसायीहरुलाई टाउकोमा तरबार झण्डाउने र तर्साउने धम्क्याउने काम भएको आरोप पनि उनले लगाए । उनले अब विद्यूत बन्द गर्ने र आफ्नो उत्पादन पनि रोक शुन्यमा जाउ भन्ने किसिम जुन वातावरण भइरहेको भन्दै यो तत्कालै रोकिनुपर्ने बताए ।
‘सबैभन्दा पहिला यो समाधान गर्नलाई सम्माननिय प्रधानमन्त्रीज्युसँग अस्ती हामीले भेटेका छौं । उहाँले एउटा उच्च स्तरीय आयोग बनाएर समाधान गर्छौं भन्नु भएको छ ’ उनले भने ‘ अस्ती विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकले जुन पत्रकार सम्मेलन गर्नुभयो, त्यहाँ उहाँ बढि भावनात्मक हुनुभएको जस्तो देखिन्छ । आफू भावनात्मक भएर हामी व्यवसायीलाई कसरी हुन्छ अपराधी र दोषी देखाउन सकिन्छ भन्नेमा उहाँ लाग्नु भएको देखिन्छ । ’
कुलमानले जे बोल्नु भयो, त्यहि नै कानुन हो जस्तो किसिममा कुरा गरेको भन्दै श्रेष्ठले यो व्यवसायीका लागि मान्य नहुने पनि बताए ।
‘उदाहरणका लागि जुन डेडिकेटेड र ट्रंक्र लाइनको व्यवस्थामा ट्रंक लाइनमा २४ घण्टा र डेडिकेटेडमा २० घण्टा विद्यूत दिनुपर्छ भन्ने छ, त्यो उहाँहरुले नै बनाएको प्रावधान हो ’ उनले भने ‘पहिला त आफैंले बनाएको नियम हो । पछि विद्यूत महसुल निर्धारण आयोगले त्यसलाई हुन्छ भनेर लिएर आयो । तर, त्यहि नियमलाई अहिले उहाँहरुले आफू मान्दिन भन्नु भएको छ । १५ घण्टा विद्युत लिएको छ भने त्यो पनि लागु हुन्छ भन्नु भएको छ ।’ उनले उद्योगीहरुसँग निवेदन नलिएको र भन्दै त्यो कुरा कुलमानले समेत स्वीकार गरेकाले उद्योगीहरुले प्राधिकरणले तोके अनुसारकै रकम तिर्न नसक्ने उनले दावी गरे । त्यस्तै उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि आफूहरु महशुस तिर्न तयार रहेको तर प्राधिकरणले विल दिनुपर्ने दावी गरे । उनले प्राधिकरणले टिओडी मिटरको तथ्याक उपलव्ध गराउनुपर्ने अनि आफूहरु तिर्न तयार रहेको टिप्पणी गरे ।