Public Pana
राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने, अर्थ मन्त्रालयका दुई सचिव हेरफेर

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायलाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । अर्थ सचिवमा एकनारायण अर्याललाई ल्याउने हल्ला चलेपनि अन्तिममा अर्थमन्त्रीले रायलाई रुचाएको स्रोतको दावी छ । 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update