Public Pana
बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरिय  न्यायीक आयाेग   बन्ने

गत शुक्रबार दुईजना युवकको ज्यान जाने गरी ललितपुरमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायीक आयोग बनाउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  पूर्व न्यायाधीशकाे नेतृत्वमा उच्चस्तरीय छानिवन आयाेग गठन गर्न  निर्देशन दिएका हुन्। 

उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको उक्त निर्देशनपछि भोली सोमबार उक्त उच्चस्तरीय आयोग बन्ने भएको छ।

भोली सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update